इमान्दार ट्याक्सी ड्राइभरः जसले फिर्ता गरे करिव तीन करोड रुपैयाँ

अमेरिकाको लस भेगासमा दैनिक हजारौं मानिसहरु आउँछन्, तर, सायदै कसैलाई पनि एक अर्कामाथि विश्वास होला । एक ट्याक्सी ड्राइभर गेरार्डो गाम्बाआले भने इमान्दरीको अनौठो नमुना पेश गरेका छन् ।

क्यासिनोबाट निस्कँदै गरेका एक यात्रुलाई उनले होटलमा ड्रप गरेका थिए । तर, यात्रुले आफुसँग बोकेको झोला सिटमै छाडेर हिडेछन् । होटलमा छाडेको केहीबेरमा पछाडीको सिटमा हेर्दा झोला देखेका उनले सुरुमा खोलेर हेर्दा १०० डलरको बण्डल देखे । तर, बिलको पछाडि हेर्दा त उनी तिनछक परे, उनको मुखबाट एक्कासी निस्कियो–ओ माई गड । झोलामा भेटिएको रकम तीन लाख डलर अर्थात झण्डै तीन करोड रुपैयाँ थियो ।
उनी तत्काल आफ्नो ट्याक्सी कम्पनी एलो च्याकर स्टार ट्रान्सपोटेसन पुगे । उनले सोही कम्पनीको ट्याक्सी बिगत १३ बर्षदेखि चलाइरहेका छन् । प्रहरीलाई खबर गरेपछि थाहा भयो कि त्यो पैसा एक नामी जुवाडे (पोकर प्लेयर) को थियो । प्रहरी र कम्पनीको रोहबरमा पैसा उनै जुवाडेलाई फिर्ता गरियो ।
पैसा हराएपछि जुवाडे बौलाहाजस्तै भएका थिए । उनले भने–‘त्यति धेरै पैसा हराएपछि आफैले गोली ठोकेर मरौँ कि जस्तो भएको थियो ।’ पैसा धनीको पहिचान भने खुलाइएको छैन् ।
यति ठूलो रकम आफैं राखौंजस्तो लागेन ? गाम्बाआ भन्छन–‘यस्तो गरेँ भने जीवनभरको इमान्दारी, आत्मसम्मान, परिवार, मेरो कम्पनी र यो शहरलाई ठेस पुग्छ ।’
५० बर्षिय गाम्बाआ फिलोपिनो नागरिक हुन् । इमान्दारिताको कदर गर्दै उनलाई कम्पनीले १ हजार डलर इनाम दिएको छ भने बर्षको उत्कृष्ट कर्मचारी पनि घोषित गरिएको छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत भने–‘यसले कम्पनी र सवै ट्याक्सी ड्राइभरलाई गौरवान्वित बनाएको छ ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.