संविधानसभा अदालतले प्रचण्डलाई बोलायो

२१ मंसिर, काठमाडौं । धाँधली गरेर चुनाव जितेको भन्दै परेको उजुरीमा संविधानसभा अदालतले एमाओवादी अध्यक्ष प्रचण्डलाई बोलाएको छ ।

prachandaसिरहा ५ बाट निर्वाचित प्रचण्डविरुद्ध एमाले उम्मेदवार लीलानाथ श्रेष्ठले दिएको उजुरीमा अदालतका अध्यक्ष कल्याण श्रेष्ठ र सदस्यद्वय सुशीला कार्की र गिरिशचन्द्र लालको इजलासले अन्तरिम आदेश जारी गर्नु पर्ने नपर्नेबारे छलफलका लागि प्रचण्डसहितका विपक्षीलाई १० दिनभित्र उपस्थित हुन आदेश दिएको हो ।
प्रचण्डले ३ वटा मतदान केन्द्रको ६ बटा बुथमा धाँधली भएको भन्दै श्रेष्ठले पुनः निर्वाचन गर्न माग गर्नु भएको छ । कल्याणपुर कालाबन्जर गाविसको प्राथमिक विद्यालय कल्याणपुर काला बञ्जर मतदान केन्द्रको क र ख बुथ, सोही गाविसको वडा नम्बर ८ र ९ अन्र्तगतको प्राथमिक विद्यालय बडहरामालको क र ख बुथ गरी दुई गाविसका ६ बुथ कब्जा गरिएको उहाँको दावी छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.