राजधानीको चक्रपथ चीनले पूरै विस्तार गरिदिने

२२ मंसिर, काठमाडौं । चीन सरकारको सहयोगमा बनेको २७ किलोमिटर लामो भित्री चक्रपथ चीनले नै चौडा गरिदिने भएको छ । गत वर्ष नौ किमी मात्र चौडा गरिदिन सहमत भएको चीनले अब पूरै चक्रपथ विस्तार गरिदिने सहमति गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
चक्रपथको कलंकीदेखि कोटेश्वरसम्मको खण्डमा चौडा गर्ने काम सुरु भइसकेको छ । करिब सात वर्षमा २७ किमी लामो चक्रपथलाई आठ लेनमा चौडा गर्ने गरी चिनियाँ पक्षसँग सहमति भएको मन्त्रालयका प्रवक्ता तुलसीप्रसाद सिटौलाले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ ।
हाल काम सुरु गरिएको साढे ९ किमी लामो कलंकी कोटेश्वर खण्ड ४ बर्षमा सक्ने सम्झौता छ । चिनियाँ प्रधानमन्त्री हुँ जिन्ताओ नेपाल भ्रमणमा आउँदा सहयोग गर्ने सम्झौतामा हस्ताक्षुर भएको थियो । साढे ९ किमी चक्रपथ विस्तारका लागि करिब ४ अर्ब रुपैयाँ सहयोग गर्न चीन सरकार सहमत भएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.