डिभोर्स गर्न लागेकी पत्नीको आँखै निकालिदिए चिनियाँले
मन
नमिलेपछि पती–पत्नी अएअर्काबाट अलग हुन चाहनुलाई अन्यथा मान्न सकिँदैन ।
मन अन्तै गएपछि भौतिक रुपमा सँगै बस्नुको अर्थ पनि हुँदैन । तर, चीनमा भने
अर्को युवकसँग आफ्नो रिलेशनसीप रहेको भन्दै डिभोर्स माग्दा एक युवकले
पत्नीको आँखा निकालिदिएका छन् ।
आफ्नो
पहिलो विवाह असफल भएपछि यूलिन शहरकी ली नामकी ३९ वर्षीय महिलाले गत
नोभेम्बरमा लङ नाम गरेका युवकसँग इन्टरनेटमा चिनजान भएको थियो । पहिलो तीन
महिना उनीहरुको प्रेम सम्वन्ध निकै राम्रो थियो । हुनान प्रान्तका लङले
लीले जे भनेपनि पूरा गर्दै आएका थिए ।
तर, लङले आफ्नो परिवारले सुरु गर्न लागेको
सुगुरको व्यवसायका लागि १ लाख ५० हजार युआन अर्थात करिव १५ हजार डलरमध्ये
आधा रकम सहयोग गर्न पत्नीलाई आग्रह गरे । यो प्रस्ताव लीले अस्वीकार गरेपछि
प्रेम जोडीमा विवाद सुरु भएको थियो । आक्रोसित बनेका लङले लीको कपडा
च्यात्नुका साथै कुटपिट गरे ।
लीले लङबाट अलग हुने प्रयास गरिन् । तर,
लङले लीको परिचय पत्र लुकाउनुका साथै परिवारलाई धम्क्याए । त्यसको केही
समयपछि लङले लीलाई जवजस्र्ती विवाह मात्र गरेनन, विवाह प्रमाण पत्र पनि
लुकाए ।
एक दिन सार्वजनिक स्थानमै लीलाई आक्रमण
गरेपछि लङलाई प्रहरीले पक्राउ ग¥यो । लङको अनुपस्थितिमा ली सेप्टेम्बरको
अन्त्यतिर यूलिन फर्किइन, जहाँ उनको मन अर्कै युवकतिर जान थालेको थियो ।
डिसेम्बर १३ मा लङ प्रहरी हिरासतबाट
छुटेपछि लीको जीवनले अर्कै मोड लियो । उनले लीको प्रेमीलाई कुटपिट गरे । ली
रोक्न गइन् । तर, रिसले आगो भएका लङले आफ्नै हातले लीको देब्रे आँखा नै
निकालिदिए ।
0 comments
Write Down Your Responses