असर्इविरूद्द अख्तियारको मुद्दा

९ पुस, काठमाडौ । बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा नेपाल प्रहरीका असर्इ बालकृष्ण श्रेष्ठविरूद्द अख्तियार दुरूपयोग अनुसन्धानले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
बढुवा हुन माध्यमिक शिक्षा परिषद वाराणसी भारतबाट इन्टर पास गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको अभियोगममा असर्इ श्रेष्ठविरूद्द मुद्दा दायर गरेको हो ।
त्यसैगरी कृषि विकास बैंककी लेखापाल दशमीकुमारी राजवंशीले जागिर खान विहार संस्कृत शिक्षा बोर्ड पटनाबाट मध्यमा पास गरेको शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली भएको दावी गर्दै उनीविरूद्द पनि अख्तियारले विशेषमा मुद्दा दर्ता गरेको छ ।
दुवैजना विरूद्द भ्रष्टाचार निवारण ऐन, ०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १६ ९१० बमोजिम दण्ड सजाय माग गर्दै मंगलरबा विशेष अदालत काठमाण्डौंमा छुट्टा छुट्टै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.