तनावमा नीता

काठमाडौ, पुस ८ - हालै सार्वजनिक एउटा म्युजिक भिडियोमा सेक्स टेप बाहिरिएपछि तनावमा परेकी युवतीको भूमिकामा खेलेकी अभिनेत्री नीता ढुंगानालाई यतिखेर भने वास्तवमै तनाव खेप्नुपरेको छ । उक्त भिडियोबारे गतांकको 'साप्ताहिक' मा गसिप आएपछि उत्पन्न प्रतिक्रियाले नायिकालाई समस्या परेको हो ।

'समाचार आएदेखि नै मानसिक तनावमा छु, पढ्दा मेरै मन चसक्क भएको थियो, अहिले फ्यानहरूले नै फेसबुकमा गाली गरेर म्यासेज पठाएको देख्दा बन्दै गरेको नाममा नै दाग
लाग्यो ।' नीताले गल्ती नै नगरी समस्या झेल्नुपरेकोमा दुःख व्यक्त गरिन् । उक्त म्युजिक भिडियो निर्देशन समेत गरेका 'साप्ताहिक' का पत्रकार विदुर खतिवडाले गसिप समाचारलाई पाठकले सिरियस रूपमा लिइदिँदा समस्या आएको बताए । भने, 'म्युजिक भिडियो अभिनयको कुरा वास्तविकतामा जोड्न खोज्दा समस्या उब्जियो ।'
अहिले म्युजिक भिडियोमा गरिएको अभिनय सम्बन्धी गसिपले सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी आउन थालेपछि नीतालाई तनाव भएको हो । उनले आफूले आजसम्म इज्जतमा दाग लगाउने कुनै काम नगरेको भन्दै फ्यानहरूलाई नकारात्मक धारणा नबनाउन र माया गरिरहन आग्रह गरेकी छन् । अप्ठ्यारो अवस्थामा उनले परिवार, आफन्त र पत्रकार सबैलाई सहयोग गर्न पनि अनुरोध गरेकी छन् ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.