सजिवन खाँदा पाँच बालबालिका अचेत

९ पुस, कास्की । कास्कीको आर्वाविजय गाविस-४ कसेरीमा खानेकुरा भन्दै सजिवनको गेडा खाएका पाँच बालबालिका अचेत भएका छन् । आफ्नै घर छेउ खेल्दै गरेका बेला ती बालबालिकाले झुक्किएर सजिवनको गेडा खाएका थिए ।
सजिवनको गेडा खाएपछि तत्काल बिरामी परेका उनीहरूको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बिरामी पर्नेमा पाँच वर्षीय लक्ष्मण विक, नौ वर्षीया लक्ष्मी विक, १२ वषर्ीय कृष्ण विक, सात वर्षीया सङ्गीता विक र चार वर्षीया रेनी विक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.