चरेससहित महिला पक्राउ

२३ मंसिर, नेपालगञ्ज । कम्मरमा लुकाई भारतको राजकोट लैजान लागेको अवस्थामा लागू औषध चरेशसहित एक नेपाली महिला आइतबार नेपालगन्जको भारतीय सीमावर्ती बजार रुपईडिहामा पक्राउ परेकी छिन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले १ किलो ८० ग्राम चरेशसहित सुर्खेतको मझेडीचौर-५ कि ३५ बषिर्या दिला सिँहलाई पक्राउ गरेको हो । चरेश कम्मरमा बाँधेर नेपालगन्जबाट भारतको राजकोट जान लागेकी दिलालाई चेक-जाँचका क्रममा पक्राउ गरिएको रुपईडिहास्थित एसएसबी सातौं बटालियन ई कम्पनीका सहायक सेनानायक रविशँकरकुमार सिँहले जानकारी दिनुभयो ।
पक्राउ परेकी दिलालाई आवश्यक सोधपुछ गरी आवश्यक कारबाहीका लागि रुपईडिहा थानामा बुझाईएको सिँहले बताउनु भयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.