नवबिबाहितको अनौठो शौखले खोरको बास
अमेरिकाको
पेलसल्भेनियामा एक नवविवाहित जोडीको अनौठो सनकले उनीहरुलाई अपराधी बनाएको छ
। पति पत्नीले एक अपरिचतलाई विज्ञापनको माध्यमबाट सेक्सको प्रलोभन दिएर
आफ्नो जालमा पारे र आफ्नो अनौठो इच्छा पूरा गर्न हत्या गरे ।
प्रहरीका अनुसार २२ वर्षीय एलीट बारबरमाथि
४२ वर्षीय ट्राय ला फेरेराको हत्याको आरोप लागेको छ । गत ११ नोभेम्बरमा
भएको हत्याको आरोप एलीटीकी १८ वर्षीया पत्नी मिरान्डालाई लागेको छ । उनीहरु
दुबै बर्न-किलर भएको प्रहरीको आशंका छ ।
एलीट बारबर र मिरान्डा नर्थकेरोलिनामा
विवाह गरेर पेलसेल्भिनिया आएका थिए । प्रहरीका अनुसार एलीटले एक अपरिचत
व्यक्तिको हत्या गर्न विचित्रको योजना बनाएको स्वीकार गरेका छन् । उनका
अनुसार उनको र पत्नी मिरिन्डाको ठूलो इच्छा थियो कि दुबै जना मिलेर कुनै
अपरिचित व्यक्ति हत्या गर्ने ।
विवाह गरेको तीन सातापछि एलीट र
मिरान्डाले ११ नोभेम्बरमा फेरेरालाई एक पार्किङमा सेक्सको बहानामा बोलाए ।
फेरेरा आएपछि पति पत्नीले मिलेर हत्या गरेको प्रहरीको आरोप छ । प्रहरीलाई
दिएको बयानमा एलीटले भनेका छन्-’म आफ्नो पत्नीको रातो रंगको होन्डा
सीआरवीको पछाडिको सिटमा कम्बल ओढेर बसेको थिए । जब फेरेरा पूर्वसहमति
अनुसार मेरो पत्नीलाई भेट्न आए ।
उनले मलाई इशारा गरिन् । लगतै मैले उनको
गर्धनमा मुड्कीले हानेँ । मैले उनको घाँटीमा केबल तार बेर्न थालेँ, त्यसपछि
मिरान्डाले फेरेराको शरीरमा चक्कु हानिन् ।’ प्रहरीका अनुसार फेरेराको
शरिरमा २२ पटक चक्कु प्रहार भएको थियो ।
0 comments
Write Down Your Responses