के छापियो आजका दैनिक पत्रिकाहरुमा ?

आज मिति २०७० मंसिर २४ गते सोमबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले एमाओवादीको मागलाई संसद्बाटै सम्बोधन गर्ने दलहरुको तयारी रहेको खबरलाई मुख्य रुपमा छापेका छन् । राजधानी दैनिकले एमालेले छान्ने समानुपातिकतर्फका सभासद्को खबरलाई मुख्य रुपमा छापेको छ भने कान्तिपुरले पुराना उपलब्धीलाई यथावत राखिने शीर्षकको खबरलाई मुख्य बनाएको छ । दलहरु राष्ट्रपतिको पक्ष र विपक्षमा रहेको खबरलाई नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ भने एमाओवादी जातीय राज्यकै पक्षमा रहेको नागरिकमा मुख्य खबर छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.