प्रसुती गृहमा जन्मिए चार जना टेष्ट टयुव वेवी

प्रसुती सम्वन्धी विशेषज्ञ सेवा दिने मुलुकको एक मात्र सरकारी परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल वाट तिन जना निःसन्तान महिलाले सोमवार टेष्ट टयुव वेवी प्रविधि वाट सन्तान प्राप्त गरेकी छिन ।

साढे तिन दशक नाघी सकेकी तिन जना महिला दशकौंको प्रत्यत्न पछि अन्ततः आमा वन्न पाएकी हुन । उनिहरुमा एक जना महिलाले जुम्ल्याहा छोरा, अर्की ले एउटा छोरी र तेश्रो महिलाले एउटा छोरा भएको छ ।

'सोमवार हामीले कुनै जोखिम नलिई शल्यक्रियाको माध्यमले तिनै जनाको बच्चा निकाल्यौं', प्रसुती गृह की निर्देशक प्रा.डा.पुष्पा चौधरीले भने-'साढे तिन दशक उमेर नाधी सकेकी ति महिलाहरु डेढ दशकको प्रयास पछि वल्ल सन्तान लाभ गरेकी हुन ।'

गत वैशाखमा अस्पतालको निःसन्तान उपचार केन्द्रमा सन्तान पाउन को लागि 'इन भिट्रो फर्टिलाइजेसन (आइभीएफ)', अर्थात टेष्ट टयुव बेबी प्रकृयामा उनिहरु संलग्न भएकी थिइन । विशेषज्ञहरुले उनिहरुको शरिरवाट ओभम (अंण्डाणु) झिकेर यसलाई प्रयोगशालामा निशेचन गराएर गर्भाशयमा भ्रुणलाई स्थानान्तरण गरेको थियो । आइभिएफ प्रविधिवाट महिलालाइ कृत्रिम गर्भाधान गरिन्छ ।

आईभीएफ प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई प्रयोगशालामा एउटा थालमा राखिन्छ । जहाँ निषेचन -फटिर्लाइजेसन) हुन्छ । निषेचित भ्रुण्ालाई करिब ४८  घन्टा पछि महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ । भ्रुण प्रतिस्थापन गरेपछि सामान्य शिशु सरह नौ महिना आमाको गर्भमै राखी शिशुको जन्म हुन सक्छ ।

महिलाको डिम्ब  र पुरुषको शुक्रकिट प्राकृतिक रूपमा निषेचित नभई प्रयोगशालामा उपयोग गरिने सिसाको थालमा हुने भएकाले यो प्रविधि अन्तर्गत जन्मिएका लाई 'टेस्ट ट्युब बेबी' समेत भन्ने गरिन्छ ।

उक्त सेवाको लागि अस्पतालले भने शुल्कको रुपमा एक लाख ६० हजार रुपिया लिने गरेको छ । निजी लगायतका मुलुक वाहिर भने यो सेवा साढे तिन लाख भन्दा बढी पर्न आउने दावी अस्पतालको विशेषज्ञ हरु गर्छन ।

'हाल हामी यो सेवाको लागि न नफा न हानी को नीति अपनाई रहेका छौं', प्रा.डा.चौधरी भन्छिन-'सेवा शुल्क वाट प्राप्त रकमको ८० प्रतिसत प्राविधिक र २० प्रतिसत अस्पतालले लिने गरेको छ ।'
हाल प्रसुति गृहमा यो सेवा लिन चाहना राख्ने महिलाहरु २५ देखी ४० वर्ष माथि सम्मका छिन । डा.चौधरीले पुसको अन्तिम सातामा पुनः १३ जना महिलाहरु लाइ आइभीएफ प्रविधि को सेवा दिइने वताइन ।

मुलुकमा डिम्ब नलीको खराबी लगायतका समस्या भएका अधिकांश महिलाहरू यो सेवा बाट सन्तान सुख प्राप्त गर्न सक्ने उल्लेख गर्दे डा.चौधरीले दुई वर्ष देखी सन्तान पाउने प्रयास जारी राखे पनि गर्भधारण गर्न न सकिरहेका महिला, वा जुन महिलाको डिम्व नदी बन्द होस, वा यस्तो पुरुष जसको शुक्रकिटको गणना अत्यन्त कम होस लगायतकालाई आइभीएफ प्रकृया अपनाएर सन्तान प्राप्त गर्न सक्ने बताउछिन ।

विशेषज्ञहरुको अनुसार मुलुकमा समेत वाझोपनाको समस्या बढदो क्रममा देखिएको छ । बाझोपना प्रजनन प्रणालीको एउटा रोग हो, जसले गर्दा कुनै महिलामा गर्भधारणामा बिकृति आउछ ।

मुलुकमा पहिलो पटक २०६१ साल फागुन २० गते ओम अस्पतालको आईभीएफ सेन्टरबाट बाबु राजेन्द्र  तामाङ र आमा सन्ध्याबाट पहिलो टेस्ट ट्युब बेबीको जन्म भएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.