मण्डेलाको अत्येष्टिमा ओबामा मोबाइलबाट आफ्नै तस्वीर खिच्न ब्यस्त
अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायती प्रधानमन्त्री डेविड क्यामरुन र डेनर्माककी प्रधानमन्त्री हेल थोर्निङ-श्मिटले नेल्सन मण्डेलाको स्मृतिसभामा स्मार्टफोनबाट आफ्नो तस्वीर खिचे ।
तस्वीरमा अमेरिकी राष्ट्रपति ओबामाकी
पत्नी मिसेल ओबामा पनि देखिएकी छिन् तर, मिसेल यो सेल्फीमा सहभागी भइनन् ।
जर्मन प्रधानमन्त्रीसँग गफमा रमाएका पति ओबामालाई उनले कर्के नजर लगाएको
तस्वीर अन्तराष्ट्रिय संचारमाध्यममा छाएको छ ।
मण्डेला अन्त्येष्टिका बेला देखिएको
हाइप्रोफाइल सेल्फीलाई केही टिप्पणीकार ‘गम्भीर अवस्थामा तस्वीर खिच्ने
समाजिक चलन’का रुपमा मात्र लिएका छन् । ओबामा, क्यामरुन र थोर्निङ-श्मिटको
यो सेल्फीपछि ट्वीटरमा मानिसहरुले टिप्पणी गरेका छन् ।
‘सेल्फी’लाई अक्सफोर्ड वर्ड अफ दि इयर
२०१३ चयन गरिएको छ । अक्सफोर्डका सम्पादकका अनुसार आफैंले आफ्नो तस्वीर
खिचेर सोसल मिडियामा अपलोड गर्ने चलनलाई ‘सेल्फी’ नाम दिइन्छ । यो शब्द
२०१३ मा सेल्फ पोर्टेट फोटोग्राफका लागि प्रचलनमा आएको थियो । केही
युवाहरुले पोपसग तस्वीर खिचेर समाजिक संजालमा चर्चित भएपछि सेल्फी शब्द
लोकप्रिय भएको थियो ।
0 comments
Write Down Your Responses