ट्याङ्करले किच्दा एक जनाको मृत्यु

चितवन, मंसिर २६ –पूर्वी चितवनको निपनीमा बुधबार दिउँसो ट्याङ्करले चेप्दा १ जनाको ज्यान गएको छ ।
टाँडीबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ७१६३ नम्बरको ट्याङ्करले चेप्दा वारा जयनगर ५ का ४८ वर्षिय लालबाबु पटेलको घटनास्थलमा नै ज्यान गएको हो ।
नारायणगढबाट टाँडी जाँदै गरेको ना ३ ख २९६२ नम्बरको मिनिबसका चालकले दाहिने साइडको ढोका खोल्दा मोटरसाइकलको पछाडि बसेका पटेल ढोकामा ठोक्किएर सडकमा लडेको र त्यति नै बेला आएको ट्याङ्करले चेप्दा उहाँको ज्यान गएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।
ट्याङकर र मिनिबस तथा ट्याङकर चालक प्रहरीको नियन्त्रणमा छन् । मिनिबसका चालक अहिलेसम्म सम्पर्कमा नआएको पोखरेलले बताउनुभयो । मोटरसाइकल र चालकको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.