गर्भवती हुन मोबाइल एपको सहारा !

मोबाइल र स्मार्टफोनको जमानामा बटम थिच्नासाथ हरेक सुविधा उपलब्ध हुन्छ । प्रबिधिको बिकाश यतिसम्म भइसक्यो कि, गर्भवती हुनका लागि महिलाले मोबाइल एपको मद्दत लिन सक्छन् ।
छिटो भन्दा छिटो गर्भधारण गर्न इच्छुक महिलाहरु अधिकाशं समय चिन्तित हुन्छन् ।
उनीहरु सहजै रुपमा यसबारे धेरै जानकारी पाइयोस् भन्ने चाहन्छन् । यस्तैमा एक मोबाइल एपले महिलाको गर्भाधानको तरिका मात्र बताउँदैन, गर्भावस्थाका क्रममा शरीरलाई राम्ररी बुझ्ने अबसरसमेत दिन्छ । यो एप्लिकेशनलाई  ‘ग्लो फर्टिलिटी एप’ नाम दिइएको छ । केही प्रयोगकर्ताले त यसको प्रयोगले सतप्रतिशत गर्भधारण गर्न सकिने दावी गरेका छन् ।
यो एप्लिकेशन प्रयोगकर्ता महिलाहरुको सेक्स लाइफ, महिनावारी चक्र, शारीरिक समस्या, शरीर एवं स्वास्थ्यमन्त्री अन्य मापदण्डबारे पूरा रेकर्ड राख्छ र त्यही आधारमा महिलालाई बताउँछ कि गर्भधारण गर्नका लागि सबैभन्दा उचित समय कुन हो ।
एप्लिकेशन प्रयोगकर्ता महिलाले आफ्नो सेक्स लाइफबारे पूर्ण जानकारी एप्लिकेशनमा अपडेट गर्नुपर्छ । जस्ता कि, आजकल सेक्ससम्बन्ध भइरहेको छ कि छैन ? यौन सम्वन्धबाट पूर्ण सन्तुष्ट छ कि छैन ? चरमसुखलाई लिएर कस्तो अनभूति रहृयो । महिलाहरुले आफ्नो महिनावारीका साथै शारीरिक मापदण्ड जस्तो कि शरीरको तापक्रमबारे पनि जानकारी एपमा फिड गर्छन् । यस्तै एक एप ‘ग्लो’ को माध्यमबाट बैज्ञानिक गणनाका आधारमा गर्भवती हुने सही समय बताउँछ ।
आइफोनमा अधारित यो एप महिलाहरुले दिएको जानकारीका आधारमा फर्टिलिटी लेवल वा कुन समयमा महिला गर्भाधारणका लागि तयार छ भनेर बताउँछ । यति मात्र हैन, अन्य महिलाहरुले राखेको डाटाका आधारमा पनि यसले सल्लाह दिन्छ ताकि प्रयोगकर्तालाई सही सल्लाह दिन सकियोस् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.