रेखा थापाको चुम्बन ले राउटे रिसाएर बब्बाल !

२ पुस, काठमाडौं । अभिनेत्री रेखा थापाको चुम्बनले राउटे समुदाय रिसाएको छ । सुर्खेत साटाखानी गाविसस्थित जंगलमा बस्दै आएका राउटे समुदाय ‘आइमाइले म्वाइँ खाएको’ भन्दै रिसाएको हो ।

राउटे बालबालिकालाई विद्यालय भर्ना गर्न र खाद्यान्न बाँड्न भन्दै सुर्खेत पुगेकी अभिनेत्री थापाले चामल वितरणका क्रममा राउटे उुवालाई चुम्बन गरेकी थिइन् । थापाले चुम्बन गरेपछि कतिपय राउटेले चामल लिनसमेत अस्वीकार गरे । ‘आइमाईले म्वाइँ खाने भन्दै रिसाएर थापाले दिएको चामल लिनै मानेनन्,’ राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले भनिन् ।

रेखाको चुम्बनले गर्दा राउटे परिवारमा समेत तनाव भएको छ । ‘म्वाइँ खाने आइमाइले दिएको चामल हामीलाई चाहिँदैन्, त्यो फिर्ता लानु भनेर मसँग पनि रिसाए,’ सत्यदेवीले भनिन् ‘उनीहरुलाई फकाउन निकै गाह्रो भयो । उनका अनुसार राउटेले लिन नमानेपछि थापाले वितरित चामल स्थानीय व्यक्तिको घरमा राखेर पछि मात्र राउटेको झुप्रामा पुर्‍याइएको थियो । ‘चामल झुप्रासम्म पुर्‍याउन निकै सकस पर्‍यो,’ सत्यादेवीले भनिन् ।

देउता पुजीरहेका राउटे युवा भक्तबहादुर शाहीलाई थापाले शनिबार चुम्बन गरेकी थिइन् । यस्तो पूजालाई राउटेले ‘भयार’ भन्छन् । भयारमा एउटा बाख्राको पाठो र तीनवटा कुखुराका चल्ला बलि दिइन्छ । राउटे समुदायले रक्सी र मास खाएर पाँच दिनसम्म भयार मनाउँछन् ।

राउटेका सहायक मुखिया ऐनबहादुर शाहीलाई उद्दृत गर्दै सत्यादेवीले भनिन, ‘हाम्रोमा कोही नचिनेका केटी र केटा बोल्न नराम्रो मान्छौं । यसरी हाम्रोमा आएर हाम्रा केटाहरुलाई म्वाइँ खाने कस्ती आइमाई रहिछ । हामी त्यसले दिएको केही लिन्नौं ।’ उनीहरुले रेखाको चुम्बनले आफूहरुको संस्कारमै आघात पुगेको गुनासो गरेका छन् ।

हेर्नुहोस् :

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.