के छापियो मंगलबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० पुस महिनाको २ गते मंगलबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले एमाओवादीपनि संविधानसभामा जाने संकेत भएको र समानुपातिक सभासद्को सूची बुझाउन म्याद थप गर्ने प्रस्तावपत्रमा समानुपातिक सभासद् नछान्ने निर्णय गरेका दलका नेताको पनि हस्ताक्षर भएको खबरलाई मुख्य रुपमा छापेका छन् ।

कान्तिपुर दैनिकले दलहरु अझै अलमलमा रहेको खबरलाई मुख्य रुपमा छापेको छ भने १२ बुादे सहमित र शान्ति सम्झौता भंग भएको नेकपा-माओवादी अध्यक्ष बैद्यले गरेको घोषणा राजधानी दैनिकले प्राथमिकताका साथ छापेको छ ।

कुवेतमा राजदूतावासका कर्मचारी पक्राउ परेको खबर नागरिक दैनिकले मुख्य रुपमा छापेको छ भने रेखाको चुम्बनले राउटे रिसाएको अन्नपूर्ण पोस्टले प्राथमिकताका साथ छापेको छ ।



0 comments

Write Down Your Responses

Powered by Blogger.