तातोपानी भन्सारबाट १७ किलो सुन सहित महिला पक्राउ

सिन्धुपाल्चोक- तातोपानी भन्सार बाट अबैधरुपमा नेपाल ल्याउँदै गरेको १७ किलो सुन बरामद भएको छ। तातोपानी भन्सार गेटबाट ९ किलो सुन सहित महिला पक्राउ परे पछी उनकै बयानका आधारमा प्रहरीले अन्य स्थानमा छापा मार्दा थप सुन भेटीएको थियो। प्रहरीले ति महिला सहित अन्य २ जनालाइ पनि पक्राउ गरेको छ। थप सुन पनि ल्याइएको हुन सक्ने भन्दै प्रहरीले शंकास्पद स्थानमा छापा मारेको छ।


तिब्बतबाट कम्मरमा लुकाएर नेपाल ल्याउँदै गर्दा तातोपानी भन्सार गेटमै ति महिला ११ बजे पक्राउ परेकी हुन्। सशस्त्र प्रहरी र भन्सार कर्मचारीले उनको सरीर खानतलासी लिने क्रममा कम्मरमा सुनका ९ वटा विस्कुट फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुको पहिचान खुलेको छैन। यस विषयमा आवस्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। भन्सार गेटमा सुन बरामद भएको यो दोस्रो पटक हो। एक बर्ष अगाडी यही स्थानमा ३ किलो सुन बरामद भएको थियो।

0 comments

Write Down Your Responses

Powered by Blogger.