अधिकारी दम्पतीको रक्षा गर्न अपिल

काठमाडौं, मंसिर १९ - राष्ट्रिय मानव अधिकार आयोगले नन्दप्रसाद अधिकारी दम्पतीको जीवन रक्षा गर्न आग्रह गरेको छ । अधिकारी दम्पतीको आमरण अनसनप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले जीवन रक्षा गर्न आग्रह गरेको हो ।
आयोगले विज्ञप्ती निकालेर पछिल्लो पटक विगत ३८ दिनदेखि आमरण अनसनमा बसेका अधिकारी दम्पतीको स्वास्थ्य स्थिति गम्भीर भएकोप्रति कार्यालयको ध्यानाकर्षण भएको जनाएको हो ।
आयोगले अधिकारी दम्पतीको अनसन तोडाउने क्रममा २०७० साल भदौ २२ गते सरकार र नागरिक समाजका प्रतिनिधिबीच भएको सम्झौताको पालना नभएको भन्दै सरकारलाई सम्झौता पालना गर्न पनि भनेको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई पक्राउ गरि कारबाहीको माग गर्दै गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दम्पती आमरण अनसनमा बस्नुभएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.