यदि
तपाई पफेसबुक,ट्वीटर, गुगल, याहु लगायतका चर्चित इमेल र सामाजिक संजालको
प्रयोगकर्ता हुनुहुन्छ भने तुरुन्तै पासवर्ड परिवर्तन गर्नु बुद्धिमानी
हुने छ ।
नेदरल्याण्डमा साइवर अपराधिहरुमाथि अनुसन्धान गरिरहेका साइवर सुरक्षा
बिशेषज्ञहरुले हालै करिव २० लाख पासवर्ड ह्याक भएको पत्ता लगाएका छन् ।
पोनी बोनेट नामक भाइरसका माध्यमबाट बिश्वभर छरिएर रहेका प्रयोगकर्ताहरुको
युजर आईडी र पासवर्ड ह्याक गरी सर्भर स्टोर गरेको अबस्थामा बरामद गरेका छन्
।
यसमध्ये
३ लाख १८ हजार फेसबुक प्रयोगकर्ता, ७० हजार ५ सय जीमेल प्रयोगकर्ता, ५९
हजार ५ सय याहु र २१ हजार ७ सय ट्वीटर प्रयोगकर्ताको एकाउन्ट रहेको बताइएको
छ ।
सेक्युरिटी फर्म ट्रष्टवेभका अनुसार बेलायत, अमेरिका, रसिया, सिंगापुर
लगायतका मुलुकका प्रयोगकर्ताको पासवर्ड ह्याक गरेको पाइएको छ । उसले
नेदरल्याण्डका अधिकारीसँग सम्र्पक गरी पासवर्ड स्टोर गरिएको सर्भर बन्द
गर्न अनुरोध गरेको डेली मेलले जनाएको छ ।
पोनी बोनेट रोवर्ट नेटवर्क हो जसले कम्प्युटर र सर्भरहरुमा आक्रमण गरी रिमोट एक्सेस गर्न सक्छ । नेदरल्याण्डबाहेक अन्यत्र पनि यस्तैखाले नेटवर्क हुन सक्ने भन्दै सुरक्षा बिज्ञहरुले प्रयोगकर्तालाई साबधानीका लागि तत्कालै पासवर्ड परिवर्तन गर्न सुझाव दिएका छन् ।
फेसबुक र ट्वीटरले संकास्पद एक्सेस गरिएका एकाउन्ट पहिचान गरि प्रयोगकर्ताहरुलाई पासवर्ड परिवर्तन गर्न लगाएको बताएको छ ।
पोनी बानेट शैलीका भाइरस पृष्ठभूमीमा संचालन हुने र प्रयोगकर्तालाई थाहा नहुने भएकाले आफ्नो एन्टीभाइरस, ब्राउजर र अन्य एप्लीकेसनहरु अपडेटमा राख्न सुझाव दिएका छन् ।
0 comments
Write Down Your Responses