गाउँबस्तीमा माधव नेपाल

रौतहट  - पूर्वप्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधव नेपालसित कार्यकर्ताले चाहेको बेला बोल्न र हात मिलाउन मुस्किल पर्थ्यो । पहिलो सविधानसभा निर्वाचन ताका अधिकांश मतदाताले भेट समेत पाएनन् । फलस्वरुप चुनावमा हार ब्यहोर्नु परेको कार्यकर्ताको भनाइ छ । यस पटक उनको हाउभाउ र गतिविधिमा ठूलो परिवर्तन आएको छ । यस पटक उनी कार्यकर्तामाझ रहे । उनीहरुका समस्या सुने । यो क्रम जारी छ ।

दोश्रो सविधानसभा निर्वाचनका अघि र जितेपछि उनको व्यवहारमा परिर्वतन आएको स्थानिय बताउँछन् । चिसोले प्रभावित दलित बस्तिमा कम्बल बितरण गर्न गृह जिल्ला आएका उनी गौरको एक समान्य चिया पसलमा छिरे । त्यो देख्दा वरपरका सर्वसाधरण आश्चर्यमा परेका थिए । घर अगाडि ठेलाको चिया पसलमा बसेर उनले चिया पिए । उपस्थितलाई चिया पिलाए । 'यस अघि उहाँ खुलेर हिड्नु भएको थाहा छैन,' गौरका एक व्यवसायीले भने,' परिवर्तन आएछ ।'

पछिल्लो समय उनको बोलीचालीमा परिवर्तन आएको स्थानियले बताए । ०६४ को चुनावमा एमाओबादीका देवेन्द्र पटेलसँग १ हजार १ सय मतले हारेका थिए । तर त्यस 'आसेपासे'ले मतदाताको घरमा पुग्न नदिएकाले हार भएको एक जिल्ला नेताले बताए । 'यस पटक व्यवहारिक हु्नु भएको छ,' एमाले जिल्ला सदस्य विनोद घिमिरेले भने,' यस्तो व्यवहारले जनताको मन जित्न सकिन्छ ।' यस अघिकोभन्दा उनको बोलीचाली र घुलमिलको तुलनामा यस पटक धेरै परिवर्तन आएको सञ्चारकर्मीले बताए । 

गौरमा कम्बल बिरतण गर्न आएका उनले झुपडीको पसलमा बसेकी नाबालिका प्रिकङ्का दासलाई हालखवर र परीवारका बारेमा सोधपुछ गरे । जिल्ला आउँदा सबै बर्ग र उमेरका व्यक्तिसित बोलचाल र उनिहरुको अवस्था बारे चासो देखाएपछि व्यवहारको प्रशंसा भएको हो । आफ्नो पुर्ख्यौली घरबाट बाहिर निस्केदेखि बाटो हिड्ने जो कोहीसँग हात मिलाउँदै हालखवर सोध्छन् ।

'ठूलो नेतासँग हात मिलाउन पाए,' स्थानिय सुरज दासले भने,' आमने सामने बोल्न पाएको थिएन ।' नेपालले दाससित हालखवर सोध्दा उनी अकमकिएका थिए । १ महिना अघि सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा उनी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार अजय गप्तालाई ३ सय ३८ मतले पछि पार्दै विजयी भएका थिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.