प्रहरीले गर्‍यो ‘बीग बोस’को घरबाटै अरमान कोहोलीलाई गिरफ्तार

मोडल सोफिया हायतको उजुरीको आधारमा प्रहरीले ‘बीग बोस’का चर्चित प्रतिस्पर्धी अरमान कोहोलीलाई गिरफ्तार गरेको छ ।
सोमबार दिउँसो ‘बीग बोस’को घरमा पुगेको प्रहरीले लामो समयको सोधपुछ र कानुनी प्रक्रिया पश्चात अरमानलाई गिरफ्तार गरेको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।सोफियाले ‘बीग बोस’को घरमा अरमानले आफूलाई पिटेको र विभिन्न किसिमका शब्दहरु प्रयोग गर्दै गाली गरेको आरोप लगाएकी थिइन् । यसैको आधारमा अरमानलाई प्रहरीले ‘बीग बोस’को घरबाटै गिरफ्तार गरेको बताइएको छ । उनलाई धारा ३२४, ५०९ र ५०४ अनुसार कारबाही अगाडी बढाउने छ । 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.