दाह्री-जुँगे युवतीले भनिन- यो मेरो गहना हो

सारा ओनील २९ वर्षीया महिला हुन्, जो पोलिसिस्टक ओभेरियल सिन्ड्रोमका कारण आएको जुँगा र दाह्रीका कारण निकै हैरानीमा छिन् । पुरुषको झै दाह्री र जुँगा आएपछि उनलाई बाहिर हिँडडुल गर्न र साथीभाईहरुको जमघट जान पनि लाज मर्नु भयो ।

उनले त्यसलाई खौरने र काट्ने नगरेको पनि होइन् । तर, यसबाट मुक्ति पाइनन् । अब भने उनी यसलाई नकाट्ने निर्णयमा पुगेकी छिन् । ओनीलले भनेकी छिन्-’मैले निर्णय गरेँ कि यो मेरो एउटा अंग हो । त्यसैले अरुलाई खुसी पार्न मैले किन यसलाई लुकाउनु ? म मानिसहरुलाई भन्न चाहन्छु कि म अल्छी होइन । यो चिकित्सकीय समस्या हो ।’
पोलिसिस्टक ओभेरियल सिन्ड्रोम महिलामा बढी रौं आउनुको कारण हो । यस रोगबाट १० देखि १५ प्रतिशतसम्म महिला प्रभावित हुने गरेको अनुमान छ ।
ओनील किचन र वेड कम्पनीमा काम गर्छिन् । उनी २००६ देखि यो समस्याबाट पीडित छिन् । जसका कारण उनको तौल केही बढेको छ भने महिनावारी पनि अनियमित हुने गरेको छ । यसले महिलाहरुको प्रजनन क्षमतामा समेत असर गर्ने बताइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.