सबैभन्दा बढी माइलेज दिने कार

२६ मंसिर, काठमाडौं । पछिल्लो समय विश्वका कार उत्पादक कम्पनीहरुबीच तिब्र प्रतिस्पर्धा बढेको पाइन्छ । कम्पनीहरुबीच भएको प्रतिस्पर्धाका कारण उपभोक्ता लाभान्वित हुन थालेका छन् । बजारमा आफ्नो उपस्थिती बलियो बनाउन कम्पनीहरुले कम मूल्यमा अकर्षक डिजाइन, बढी भन्दा बढी सुविधा र उत्कृष्ट माइलेज भएका कार निर्माणतर्फ जोड दिन थालेको पाइन्छ ।
नेपाली बजारमा पनि कारको बिक्री पछिल्लो समय हृवात्तै बढेको छ । रहर तथा बाध्यताले कार चढ्ने नेपाली उपभोक्ताको संख्या हरेक वर्ष बढ्दै गएको छ । नेपालमा खासगरी विश्व प्रशिद्ध कम्पनीका भारतमा एसेम्बल गरिएका कारहरुको बाहुल्यता बढी देखिन्छ ।
कार खरिद गर्दा आकर्षक लुक र फिचरसँगै माइलेज पनि हेरिन्छ । हाल बजारमा विभिन्न कम्पनीका उत्कृष्ट माइलेज दिने कारहरु छ्यापछ्याप्ती पाइन्छन् । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै जान थालेपछि माइलेज car-logosलाई प्राथमिकता दिनु स्वभाविक पनि हो ।
धेरै माइलेज दिने गाडीहरु
कोरियन गाडी निर्माता कम्पनी हुन्डाईको आई-२० कार उत्कृष्ट माइलेज दिने कारमा पर्छ । यस कारले प्रतिलिटर २१.९ किलोमिटर माइलेज दिने कम्पनीले बताएको छ । आकर्षक डिजाइनमा उपलब्ध यो कारको मूल्य पनि तुलनात्मक रुपमा शुलभ रहेको छ । त्यस्तै, हुन्डाईकै ग्रान्ड आई-१० ले २४ किलोमिटरसम्म माइलेज दिने दाबी गरिएको छ ।
हुन्डाईको नियो फ्लुइडिक इलान्ट्राले प्रतिलिटर २२.७ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । यो मोडल आकर्षक डिजाइनमा उपलब्ध रहेको छ । हुन्डाईकै एसयुभी सेगमनेन्ट भेरना फ्लुइडिकले २३.५ किलोमिटरसम्म माइलेज दिन्छ ।
जर्मन ब्राण्ड भक्सवागनको क्रस पोलोले प्रतिलिटर २२.०७ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । १२०० सीसीको यो कार आकर्षक डिजाइनमा उपलब्ध छ । भक्सवागनकै न्यू पोलो पनि उत्कृष्ट माइलेज दिने गाडीमा पर्छ । यो गाडीले पनि २२.०७ किलोमिटर माइलेज दिने बताइएको छ ।
सेभ्रोलेटको सेल युभिए मोडलले प्रतिलिटर २२.१ किलोमिटर माइलेज दिन्छ भने सेभ्रोलेट सेल सिडानले २२.१ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
त्यस्तै, भारतीय मोटर उत्पादक कम्पनी टाटाको टाटा भिष्टाले २२.३ किलोमिटर माइलेजन दिने बताइएको छ । टाटाको इन्डिका भिटुले २५ किलोमिटरसम्म माइलेज दिने बताइएको छ । नेपालमा उपलब्ध कारहरुमा टाटाका कारहरु नेपाली उपभोक्ताको आर्थिक अवस्था सुहाउँदा रहेका छन् ।
अमेरिकन ब्राण्ड फोर्डको एसयुभी सेगमेन्टको फोर्ड इकोस्पोर्ट कारले पनि २२.७ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । यो मोडलको नेपालमा सुविधा हेरिकन २८ लाख रुपैयाँदेखि ४२ लाख रुपैयाँसम्म पर्छ । फोर्डको फिएस्टाले प्रतिलिटर २३.५ किलोमिटरसम्म माइलेज दिन्छ । सेडान सेगमेन्ट उपलब्ध यो कार देख्दा आकर्षक समेत रहेको छ ।
मारुती स्विफ्टले २२.९ किलोमिटर माइलेज दिन्छ । पछिल्लो समय यो मोडल नेपाली सडकमा धेरै गुडेको देख्न पाइन्छ । मारुती रिट्जले २३.२ किलोमिटरसम्म माइलेज दिने बताइन्छ । देखाइमा सानो भएपनि डिजाइन आकर्षक भएका कारण उपभोक्ताले अत्यधिक मन पराएको कार हो । त्यस्तै, मारुती स्वीफ्ट डिजायर पनि धेरै माइलेज दिने कारमा पर्छ । यो गाडीले २३.४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
त्यसैगरी, जापानीज ब्राण्ड टोयोटाको इटिओस लिवा र न्यू इटिओस सेडानले २३.५९ किलोमिटर माइलेज दिन्छन् । निशानको माइक्राले २३.८ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । त्यस्तै, जापानी ब्राण्ड होन्डा अमेजले २५.८ किलोमिटरसम्म माइलेज दिन्छ ।
माथि उल्लेख गरिएका गाडीहरुको माइलेज अधिकतम हो । सडकको अवस्था हेरिकन गाडीको माइलेज माथि उल्लेख गरेभन्दा केही घट्न सक्ने कम्पनीले बताएका छन ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.