के छापियो बुधबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० पुस १० गते बुधबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले दलहरुबीच ४ बुँदै सहमति भएको र निर्वाचनमा सहभागी सबैदल संविधानसभामा जाने निर्णयमा पुगेको खबरलाई प्राथमिकताका साथ छापेका छन् । समानुपातिकमा दलहरुबीच किचलो बढेको नयाँ पत्रिकामा मुख्य खबर छ भने बल्ल सहमति भएको, गाँठो फुकेको कान्तिपुर दैनिकमा मुख्य खबर छ । विदेशीले जहाजमै बोर्डिङ पास फाल्ने गरेको अन्नपूर्ण पोस्टमा मुख्य खबर छ भने लन्डनको नेपाली दूतावास भवनमा ७९ वर्षदेखि एउटा दराज अलपत्र परेको नागरिक दैनिकमा मुख्य खबर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.