गुगल खोजीमा आइफोन ५ एस अगाडि

सन् २०१३ मा प्रयोगकर्ताको चासो भने आइफोनमा बढी देखिएको छ। तपाइँ एप्पल ब्रान्ड लोयल हुनुहुन्छ भने खुशी हुनुहोस्। यो वर्ष गुगललमा आइफोन ५ एसलाई उपभोक्ताले सबैभन्दा बढी खाजी गरेका छन्।
एप्पल अपरेटिङ सिस्टम आइओएस ७ सन् २०१३ मा गुगगल सर्चमा ११ औं स्थानमा परेको छ। गुगलका अनुसार एप्पलको आइप्याड एयर सर्वाधिक लोकप्रिय खोजीको सूचिमा ६८ औं स्थानमा छ भने कन्जुमर इलेक्ट्रोनिक्स शीर्षकमा ७ औं स्थानमा छ।


हालै गुगलले सन् २०१३ को सर्च परिणाम गुगगल जाइटगाइस्ट २०१३ सार्वजनिक वर्षभरि अत्यधिक सर्च भएका विषय सार्वजनिक गरेको हो। गुगगल जाइगाइस्टको कन्जुमर इलेक्ट्रोनिक्स शीर्षकमा आइफोन ५ एस पछि सामसङ ग्यालेक्सी एस फोर रहेको छ। सोनी कम्प्युटर इन्टरटेनमेन्टको प्ले स्टेशन ४ तेस्रो बढी सर्च गरिएको इलेक्ट्रोनिक उत्पादन हो। एलजीसँग मिलेर गुगगलले उत्पादन गरेको नेक्सेस ५ स्मार्टफोन गुगल खोजीमा पाँचौं स्थानमा परेको छ। टर्चस्त्रि्कन बेस्ड स्मार्टफोन एचटिसी वान छैटौं स्थानमा छ। ८ औं स्थानमा ब्ल्याकबेरी–१० र सामसङ ग्यालेक्सी नोट ९ औं स्थानमा छन्। यो वर्ष माइक्रोसफ्टले किनेको नोकियाको लुमिया १०२० गुगल सर्चमा १० औं स्थानमा परेको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.