दश महिनादेखि एक नेपालीको शव मलेसियामै


क्वालालम्पुर । मलेसियामा दश महिनादेखि एक नेपालीको शव अपस्तालमा रहेको छ । वाजुराका धर्मराज भारतीको शव दश महिनादेखि नै मलेसियाको अस्पतालमै रहेको हो । सेलागरमा रहेको टप रेकं एचिभमेण्ट कम्पनीमा कार्यरत रहेका भारतीको गएको जनवरी २३ तारिखका दिन ज्यान गएको थियो । आफ्ना आफन्तहरुले चासो नदेखाएको कारण हालसम्म पनि शव शेरडाङ अस्पतालमा रहेको राजकुमार चौधरीले जानकारी गराए । चौधरीका अनुसार भारतीले एहमुदिनको पासपोर्ट प्रयोग गरेर आएको कारणले पनि समस्या भएको वताए । ‘कम्पनीले शव पठाईदिन खोजेको छ तर जिम्मेवारी लिने मानिस कोहि नभएपछि समस्या भएको छ’ चौधरीले भने ।

0 comments

Write Down Your Responses

Powered by Blogger.