प्रेम भए बालिकासँगको सम्बन्ध पनि जायज ?


सामान्यतः जुनसुकै देशमा पनि नावालिकसँगको यौन सम्बन्धलाई कानुले गम्भीर अपराध मानेको हुन्छ र त्यहीअनुसार जेल सजायँ पनि तोकिएको हुन्छ । तर, इटलीमा हालै अदालतले ११ बर्षिय नावालिकासँग यौन सम्बन्ध राख्ने ६५ बर्षिय बृद्धलाई उन्मुक्ति दिएको छ । कारणमा भनिएको छ– ११
बर्षिय बालिका र ती बृद्धवीच प्रेम थियो । इटालियन समाचार संस्था टीभीसीकम २४ का अनुसार घटना दक्षिण शहर केटेनजारोको हो । बालिका गरीब परिवारकी हुन् र ६० वर्षीय व्यक्तिको स्याहारसुसारको काम गर्थिन । आरोपीत व्यक्ति शहरको समाजिक सेवा विभागमा कार्यरत छन् । समुन्द्र तटमा रहेका छापोहरुमा प्रहरीले छापा मार्ने क्रममा उनीहरु दुबैलाई बिछ्यौनामा भेटिएको थियो । नाबालिकसंग यौन सम्वन्ध राखेको भन्दै उनलाई प्रारिम्भक चरणमा ५ वर्षको जेल सजाय सुनाइएको थियो । इटलीमा सहमतिमा सेक्सका लागि १४ वर्ष पुगेको हुनुपर्छ । दुई मध्ये कोही एक अर्कामाथि अधिकार वा लालनपालको स्थिति छ भने १६ वर्षको हुनुपर्छ । तर, यो मुद्दामा अदालतले परिस्थितिको कारण देखाउँदै सजायँ रद्द गरेको छ । ११ वर्षीया युवतीले आफू र आरोपीबीच प्रेम रहेको बयान दिएको बताइएको छ । अदालतले दुबै रोमान्टिक सम्वन्धमा थिए भन्ने स्वीकार गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.