पाठ्यपुस्तक छपाइबारे अख्तियारले निगरानी गर्ने


काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आगामी शैक्षिक सत्रमा पनि पाठ्यपुस्तक अभाव भएमा जिम्मेवार निकायका पदाधिकारीलाई निगरानीमा राखिने बताउनुभएको छ । आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव हुन सक्ने भन्दै आइतवार अभिभावक सङ्घको ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त कार्कीले यससम्बन्धमा शिक्षा मन्त्रालयलाई तत्काल ध्यानाकर्षण गराइने विश्वास दिलाउनुभयो । प्रमुख आयुक्त कार्कीले विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउनेस्थिति आएमा सम्बन्धित निकायका जिम्मेवार अधिकारीलाई अनुगमनको दायरामा ल्याइने भेटमा सहभागी अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले बताउनुभयो । सरकारले समयमा उचित निर्णय नदिएका कारण समस्या देखिएकाले बर्षेनि पाठ्यपुस्तकको व्यवस्थापनमा समस्या आएकाले सङ्घले अख्तियारको ढोका घच्घच्याइएको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.