जिम्मेवारी हस्तान्तरण गर्न आतुर छु : रेग्मी

२६ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनु भएको छ । आफ्नो नेतृत्वकेा सरकारले शान्तिपूर्ण वातावरणमा स्वच्छ ढङ्गबाट संविधानसभा निर्वाचन सम्पन्न गर्नु पर्ने प्रमुख दायित्व पूरा गरेको बताउनुभयो ।
khilraj-Regmiतानसेन नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा कार्यक्रममा रेग्मीले भन्नुभयो-’निर्वाचनको सम्पन्नतासँगै यस सरकार यथाशक्य चाँडो जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गरी बहिर्गमन हुन आतुर छ ।’ अब छिट्टै संविधानसभाको अधिवेशन प्रारम्भसँगै राजनीतिक दलको निर्वाचित सरकार गठन हुने र संविधान निर्माणको कार्य तथा सरकार सञ्चालन समानान्तर रुपमा अघि बढ्न उहाँले बताउनुभयो ।
केही राजनीतिक विषयमा राजनीतिक दलहरुबीच छलफल भइरहेको भन्दै उहाँले त्यस्ता छलफल र बहसहरु सामान्य राजनीतिक अभ्यासका क्रममा दैनन्दिन उत्पन्न भइरहने विषयहरु भएको बताउनु भयो ।
उहाँले भन्नुभएको छ-’बहुदलीय लोकतान्त्रिक व्यवस्थामा फरक राजनीतिक विचारधाराका आधारमा निर्देशित हुने दलहरुबीच केही छलफलका विषयहरु रहेका भए त्यस्ता विषयहरु उहाँहरुको आपसी विमर्शबाट शीघ्र निरोपण हुनेछन् र संविधानसभाको अधिवेशन प्रारम्भ गरी सरकार निर्माण र संविधान निर्माणको प्रक्रियातर्फ राजनीतिक दलहरुको ध्यान केन्दि्रत हुनेछ भन्ने मेरो विश्वास छ ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.