को होलान् बर्षको सर्बोत्कृष्ट फुटबलर ?

लियोनल मेसीलाई लगाचार पाँचौ पटक बर्ष फुटबल खेलाडीको उपाधि हात पार्नबाट यसपाली क्रिस्टियानो रोनाल्डो र फ्रान्क रिबेरी बाधक बन्नसक्ने भएका छन् । पछिल्ला बर्ष लगातार फिफा बेलुन डे'ओर (बर्षको सर्बोत्कृष्ट खेलाडी) अवार्ड जित्दै आएका मेसीको यात्रा यसपाली रोकिने अनुमान धेरैले गरेका छन् । तर, उनलाई पनि कसैले काम आँकेका छैनन् । मेसी अन्तिम तीनको सूचीमा परेको यो सातौं पटक हो ।

रियल मेडि्रडबाट खेल्ने पोर्चुगली स्टार रोनाल्डो सन् २००८ मा बर्ष फुटबल खेलाडी उपाधि जितेपनि त्यसपछिका बर्षमा मेसीको छायाँमा परे । फिफा बेलुन डे'ओर २०१३ मा उनले बाजी मार्ने अनुमान गरिए पनि वायर्न म्युनिखका फ्रान्सेली विंगर रिबेरीले क्लबलाई महत्वपूर्ण तीन उपाधि दिलाएकाले उनको पल्ला भारी नहोला भन्न सकिन्न ।

जनबरी १३ मा स्वीजरल्याण्डको जुरिचमा घोषणा गरिने बर्ष फुटबल खेलाडीमा तीन खेलाडीको मनोनयनले अहिले फुटबलको माहोल तातेको छ । स्पेनी ला लिगामा सन् २०१२/१३ को सिजन ४३ गोल गरेको र आफ्नो देशलाई विश्वकप पुर्याउन महत्वपूर्ण भूमिका खेलेकाले यो बर्ष रोनाल्डोले उपाधि जित्ने बलियो सम्भावना छ ।

तर, युरोपेली वर्ष खेलाडी घोषित् रिबेरी रोनाल्डोको बाटोमा तगारो हुनसक्नेछन् । वायर्न म्युनिखलाई बुन्डेस लिग, जर्मन कप र च्याम्पिन्स लिग जित्न रिबेरीले गरेको मेहनत कसैले बिर्सिएको छैन् । उनले २०१२/१३ मा २२ गोल गर्दै थप २८ गोलको अवसर सिर्जना गरेका थिए ।

पछिल्लो समय घाइते भएपनि बार्सिलोनालाई २०१२/१३ को ला लिगा उपाधि जिताएका मेसी यो बर्ष पनि फिफा बेलुन डे'ओरका उत्तिकै हकदार हुनेछन् ।

उनले गएको सिजन गरेका ४५ गोल र अर्जेन्टिनालाई विश्वकपमा छनौट गराउदाका महत्वपूर्ण खेलाडी भएकाले उनी ७ औं पटक अन्तिम तीनको सूचीमा अटाएका हुन् ।

फ्रान्सेली फुटबल म्यागेजिनले छानेका विश्वका पत्रकार, फिफाका सदस्य २ सय नौ सदस्य मुलुकका राष्ट्रिय टिम प्रशिक्षक र कप्तानको मतको आधारमा फिफा बेलुन डे'ओर विजेताको घोषणा गरिनेछ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.