कट्रिना चौथो बर्ष पनि एशियाकै सेक्सी महिला

बलिउड अभिनेत्री कट्रिना कैफ लगातार चौथो बर्ष पनि एशियाकै सवैभन्दा सेक्सी महिलाको रुपमा दर्ज भएकी छिन् ।
लण्डनबाट प्रकाशित इष्टर्न आई पत्रिकाले प्रकाशन गरेको सन् २०१३ का ५० सेक्सी एशियाली महिलाको सूचीमा कटि्रना लगातार चौथो बर्ष एक नम्बरमा परेकी छिन् । यो बर्ष कट्रिनाको कुनै पनि फिल्म रिलिज भएन । उनी अभिनित धुम-३ रिलिज हुनुभन्दा ठिक एक साताअघि यो सूची सार्वजनिक भएको छ ।
katrina-kaif-1 दोस्रो नम्बरमा प्रियंका चोपडा, तेस्रो नम्बरमा टीभी स्टार द्रष्टि धामी र चौथो नम्बरमा दीपिका पादुकोण रहेका छन् । प्रियंका, कट्रिना र दीपिका बिगत ६ बर्षदेखि टप ३ मा प्रतिस्पर्धा गर्दै आइरहेका छन् । ‘यो खवर मेरा लागि सरप्राइज र खुसीको कुरा हो’ कट्रिनाले भनिन् ।
यसपटक धेरै टीभी स्टारले पनि यो सूचीमा स्थान बनाउन सफल भएका छन् । द्रष्टि पहिलोपटक सूचीको तेस्रो स्थानमा परेकी हुन भने सान्या इरानी सूचीको छैटौं स्थानमा छिन् ।
priyanka-chopra
दोस्रो स्थानमा रहेकी प्रियंका चोपडा
सूचीमा पर्ने अन्य भारतीय सेलिबि्रटीहरुमा सोनम कपुर(५), परिणीति चोपडा(१४), सोफिया चौधरी(२१), महरिन चौधरी(२२), सुनिधि चौहान(२८), अंकिता लोखन्दे(२९), हीना खान(३१) र श्रेया घोसाल(४३) रहेका छन् ।
तेस्रो नम्बरमा रहेकी टीभी स्टार द्रष्टि धामी
तेस्रो नम्बरमा रहेकी टीभी स्टार द्रष्टि धामी

0 comments

Write Down Your Responses

Powered by Blogger.