दुई खुट्टे बाख्रो, जसले क्यान्सरपिडीत युवालाई दियो बाँच्ने साहस

जव जीवनमा निराशा छाउँछ, जीवनमा जीउने कुनै आधार हुँदैनन, मानिसले जीउनुको अर्थ देख्दैन् । यस्तो बेलामा केही यस्ता चीज भेटिन्छन् जसले जीउने उर्जा र शाहस दिन्छन् । छिमेकी मुलुक चीनका एक क्यान्सरपिडीत युवकलाई पनि एक बाख्राले जीउने उर्जा दियो । र, त उनले हजारौं माइलको यात्रा गरेर यो दुर्लभ बाख्रो किन्न पुगे ।
two-legged 1
जन्मदै दुई खुट्टामात्र लिएर जन्मिएको बाख्रोले जीउनका लागि गरेको संर्घषबाट आफुलाई ठूलो उर्जा मिलेको ती युवा ठान्छन् । ३१ वर्षीय क्यान्सरपिडीत वाङ बाख्रा किन्नकै लागि भनेर गृहनगर पूर्वी चीनको फुयाङबाट हेनान पुगेका थिए । उनले ४ सय ५० पाउण्ड तिरेर बाख्रा किनेका छन् ।
पत्रिकामा दुई खुट्टे बाख्राबारे समाचार सार्वजनिक भएपछि आफू प्रभावित भएको उनले बताएका छन् । उनले भनेका छन्–‘जब मैले बाख्राबारे समाचार पढेँ, मलाई लाग्यो कि उसको जीवन बचाउने जिम्मेवारीको महसुस गरेँ । म आफ्नो मजबूत भावनाका लागि सबैभन्दा राम्रो औषधीका रुपमा यसलाई लिन चाहन्छु ।’
यो बाख्रा जन्मदा नै दुई खुट्टाको थियो । माउले जन्माएको चार पाठामा एकको मात्र दुई वटा खुट्टा भएको भन्दै किसान झाओले जन्मिएको एक महिनापछि उक्त बाख्रा आफैं दुई खुट्टाले टेकेर हिँड्न थालेको बताए ।
two-legged 2
two-legged
..................................................................................................................

0 comments

Write Down Your Responses

Powered by Blogger.