मण्डेलाले ८० वर्षको उमेरमा तेस्रो विवाह गरे

२१ मंसिर, काठमाठौं । शान्तिका दूत नेल्सन मण्डेलाको राजनीतिक एवं सामाजिक जीवन जति संघर्षमय र उतार-चढावपूर्ण रह्यो, पारिवारिक जीवन पनि त्योभन्दा कम कष्टपूर्ण र संघर्षमय रहेन । मण्डेलाको पहिली श्रीमतीमात्रै होइन, दोस्री पत्नीसँग पनि पारपाचुके गुर्नपर्‍यो । उहाँले ८० वर्षको उमेरमा तेस्रो विावह गर्नुभएको थियो ।

mandelaउहाँको पहिलो विवाह १९४४ मार्चमा भएको थियो । पहिली श्रीमतीबाट तीन सन्तान थिए । तर, १३ वर्षपछि उहाँको सम्वन्ध विच्छेद भयो । उहाँले कानूनको शिक्षा लिनुभयो र १९५२ मा जोहनेसबर्गमा आफ्नो साथी ओलिभरसँग वकालत शुरु गर्नुभयो । दुबैले रंगभेद नीतिविरुद्ध अभियान चलाउनुभयो ।
मण्डेलाको जन्म १९१८ मा इस्टर्न पेट आफ साउथ अफ्रिकाको एक सानो गाउँमा भएको थियो । थेम्बु समुदायमा जन्मिएका मण्डेलालाई उहाँकै जातिको नाम मडिबा भनेर बोलाउने गरिन्थ्यो । जन्मको नाम रोलिहृलला दालिबुंगा भए पनि मण्डेललाई विद्यालयमा शिक्षकले नेल्सन नाम दिए ।
थेम्बुको राजकीय परिवारका काउन्सुलरका रुपमा काम गरेका उनका पिताको निधन हुँदा मण्डेला ९ वर्षको हुनुहुन्थ्यो । त्यसपछि थेम्बु समुदायका कार्यकारी शासक जोगिंनताबा डालिनडाइबोको हेरचाहमा मण्डेलालाई राखिएको थियो ।
उहाँले १९८८ मा विनी मदिकिजेलासँग विवाह गर्नुभयो, जसले उहाँलाई जेलबाट छुटाउन सक्रिय हुनुभयो । सन् १९६८ देखि १९६९ को १२ महिनाको अन्तरालमा उहाँको आमाको मृत्यु भयो भने सबैभन्दा ठूलो छोराको कार दुर्घटनामा ज्यान गयो । तर, उहाँलाई अन्तिम संस्कारमा जान दिइएन ।
तर, १९९२ मा उहाँको दोस्रो पत्नीसँग पनि सम्वन्ध विच्छेद भयो र उहाँमाथि अपहरणको आरोप लाग्यो । आफ्नो ८० औं जन्मदिनमा उहाँले मोजाम्बिकका पूर्वराष्ट्रपतिका विधुवा ग्राका माशेलसँग विवाह गर्नुभयो ।
२००५ मा एक्लो छोराको मृत्यु भएपछि उहाँले आफ्नो छोराको मृत्यु एड्सका कारण भएको बताउनुभयो । जतिबेला दक्षिण अफि्रकी समाजमा एड्स लागेकाहरुलाई हेयको दृष्टिले हेर्ने गरिन्थ्यो । उहाँले दक्षिण अफि्रकी मानिसहरुलाई एड्सबारे खुलेर कुरा गर्न आहृवान गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.