कमल थापाको पार्टी फुट्यो, नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

१५ पुस, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल विभाजित भएको छ । ४२ जना केन्द्रीय सदस्यमध्ये २० जनाले नयाँ दल दर्ताका लागि सोमबार निर्वाचन आयोगा निवेदन बुझाएपछि राप्रपा नेपाल औपचारिकरुपमा फुटेको हो ।
समानुपातिक तर्फको सभासद छनोट प्रक्रियामा असन्तुष्ट रहँदै आएका केन्द्रीय सदस्यहरुले अधिवक्ता तथा पार्टीका केन्द्रीय सदस्य वालकृष्ण न्यौपानेको नेतृत्वमा निर्वाचन आयोगमा समानुपातिक सभासदको सूची समान्य घोषित गर्न यसअघि निवेदन दिएका थिए । साथै राप्रपा नेपालको विवाद सर्वोच्च अदलातमा पनि पुगिसकेको छ ।
निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले राप्रपा नेपालको एउटा समूहले निर्वाचन आयोगमा केही बेरअघि निवेदन दर्ता गराएको बताउनुभयो । निर्वाचन अयाोगको प्रांगणबाहिर राप्रपा नेपालका कार्यकर्ताहरुको बाक्लो भींड रहेको प्रवक्ता राईले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.