ओबामालाई पछि पार्दै बिल गेट्स बने बिश्वकै प्रशंसनीय ब्यक्ति

काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्वकै सबैभन्दा जीवित प्रशंसनीय व्यक्ति बनेका छन् । बेलायती पत्रिका टाइम्सका लागि यूगोभले गरेको अध्ययनमा अमेरिकी राष्ट्रपति ओबामालाई पछि पार्दै बिल गेट्स सूचीको शीर्ष स्थानमा परेका छन् ।

१३ देशका १४ हजारबीच गरिएको सर्बेक्षणमा बिल गेट्सले १०.१० प्रतिशत भोटका साथ पहिलो स्थानमा छन् । प्रशंसनीय व्यक्तिको सूचीको दोस्रो स्थानमा ओबामा र तस्रो स्थानमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन् छन् । रोमन क्याथोलिक ईसाइ धर्मगुरु पोप प|mान्सिस चौथो स्थानमा छन् ।
पाँचौं स्थानमा भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर छन् । छैटौं स्तानमा चिनियाँ राष्ट्रपति शी जिनपिङ, सातौं स्थानमा गुदजरातका मुख्यमन्त्री एवं बीजेपीका प्रधानमन्त्री उम्मेद्वार नरेन्द्र मोदी, आठौं स्थानमा उद्योगपति वारेन बफेट, नवौं स्थानमा अमिताभ बच्चन र दशौं स्थानमा भारतका पूर्व राष्ट्रपति अब्दुल कलाम छन् ।
सूचीमा अन्ना हजारेले १४ र अरविन्द केजरीवाल १८ औं स्थानमा छन् भने फुटबल स्टार लिओनल मेस्सी १५ औं र क्रिष्टियानो रोनाल्डो प्रशंसनीय व्यक्तिको २२ औं नम्बरमा छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.