मोरङमा फरार अभियुक्तको संख्या २ सय बढी

विराटनगर । वर्षौंदेखि फरार विभिन्न घटनाका अभियुक्तहरुलाई प्रहरीले पक्राउ गर्न  असफल भएपछि मोरङमा फरार अभियुक्तको संख्या दुई सयमाथि पुगेको छ ।
प्रहरीले २२ वर्षअघि देखि फरार भएका अभियुक्तहरुलाई पनि पक्रन सकेको छैन । फरार अभियुक्तहरुलाई पक्रन तदारुकता देखाइरहेको दावी प्रहरीले गरिरहँदा फरारको सूची भने बढिरहेको छ ।
अदतलमा मुद्धा चलिरहेका विभिन्न अपराधमा संलग्नहरुको संख्या बढिरहेको कुरा प्रहरीकै तथ्यांकले पनि देखाउँछ । जिल्ला प्रहरी कार्यालय मोरङको मुद्धा शाखाको तथ्यांकमा अदतलमा मुद्धा चलिरहेका धेरै अभियुतmहरु फरारको सूचीमा छन् । पीडितले न्याय दिलाउन अदालतमा मुद्धा दर्ता गराएपनि अभियुतmहरु फरार रहेकाले पीडितलाई न्याय दिन समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्वराज पोख्रेलले जनाकारी दिए ।
‘हामी पीडितलाई न्याय तथा पीडकलाई सजाय दिने अभियानमा छौं, अब फरार अभियुक्तहरुलाई नियन्त्रणको काम पनि मूख्य हुनेछ ।’ एसी पोख्रेलले भने । २२ वर्ष अघिदेखि फरार रहेका व्यक्तिलाई प्रहरीले अहिलेसम्म कानुनी दायरामा ल्याउन नसकेपछि पीडितहरुले असुरक्षित भएर बाँच्नुपरेको छ ।
प्रहरीको तथ्यांकमा ६ महिलासहित २ सय ११ जना अभियुक्त फरार सूचीमा छन् । जिल्ला प्रहरी कार्यालयको मुद्धा शाखाको तथ्यांकमा सबैभन्दाबढी एक सय २२ जना कर्तव्य ज्यान मुद्धाका आरोपित फरार छन् । त्यसमा ५ जना महिला पनि रहेका छन् ।
यसैगरी खुन डाँकाका ४५ जना, जवरजस्ती करणीका ९ र ज्यानमार्ने उद्योगका ३१ जना फरार छन् । त्यसैगरी अपहरण मुद्धाका ११ जना फरार छन् । त्यसैगरी मानव बेचबिखन, हात हतियार खरखजना, लागूऔषध, जिउ मास्ने बेच्ने लगायतका घटनामा सलग्नको फरार सूचीपनि लामो छ ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष ०४८/४९ देखि ०६७/६८ सम्म मुद्धा दायर भएका घटनाका फरार अभियुक्तको सूची रहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.