नयाँ पार्टी खोल्ने अभियान थाल्नु ठूलो भुल : ढकाल

काठमाण्डौ । समानुपातिक सभासद चयनको विषयमा असन्तुष्टी प्रकट गर्दै नयाँ पार्टी निर्माणको घोषणा गरेका राप्रपा नेपालका बरिष्ठ नेता टंक ढकालले  नयाँ पार्टी खोल्ने अभियान सञ्चालन गर्नु आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो भुल भएको वताउनु भएको छ । ढकालले असन्तुष्ट नेता कार्यकर्ताहरु गल्ती स्विकार्दै  ;आत्मालोचनासहित आफूहरु राप्रपा नेपालमै फर्किएको स्पष्ट पार्नु भयो ।
रिपोर्टर्स क्लब नेपालले बिहीवार राजधानीमा आयोजना गरेको कार्यक्रममा  उहाँले भन्नुभयो,’असन्तुष्टीलाई पार्टीको आन्तरिक छलफलको विषय नबनाई नयाँ पार्टी गठनको लागि निर्वाचन आयोग कुद्नु गल्ती भयो । त्यसलाई महसुस गर्दै हामी आत्मालोचनासहित राप्रपा नेपालमै फर्किएका छौ । पार्टी विभाजन भएको छैन । ‘ ढकालले असन्तुष्टहरुको आग्रहलाई अस्विकार गर्न नसक्दा आफूबाट गल्ती भएको भन्दै अब पार्टीलाई पद्धतिबाट चलाउने र कमिकमजोरी हटाउँदै लैजान संघर्ष गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
उहाँले पार्टीका कार्यकर्ता र नेताहरुले विभाजन नगर्न आग्रह गरेकोले उनीहरुकै भावनाको कदर गर्दै आफू फकिएको दावी समेत सो अवसरमा गर्नु भयो ।ढकालले असन्तुष्ट सवै नेता तथा कार्यकर्ता पुनः राप्रपा नेपालमै फर्किएको जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य मोहन श्रेष्ठले पार्टीको माया र जनताको चाहनाका कारण विभाजन गर्न खोज्ने षडयन्त्र असफल भएो भन्दै पार्टी भित्रको विवाद समाप्त भएकोले अब पार्टी एक भएको दावी गर्नु भयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.