एमालेको नवौं महाधिवेशन वैशाख ९ गतेदेखि काठमाडौंमा

 नेकपा एमालेको नवौं महाधिवेशन आगामी वैशाख ९ गतेदेखि काठमाडौंमा हुने भएको छ । एमाले स्थायी कमिटीको आइतबार बसेको बैठकले पार्टी स्थापना दिवसको अबसर पारेर वैशाख ९ महाधिवेशन उद्घाटन गर्ने निर्णय गरेको हो ।

महाधिवेशन ५ दिन अर्थात १३ गतेसम्म चल्नेछ । महाधिवेशनको तयारीकालागि माघ मसान्तसम्म सबै सदस्यता नविकरण गरिसक्नु पर्नेछ ।
स्थायी कमिटीको प्रस्ताव अनुमोदनका लागि माघ १० गते केन्द्रीय समितिको बैठक बोलाइएको छ । महाधिवेशनअघि राष्ट्रिय परिषद्को बैठक भने नहुने भएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.