सम्पत्ति विवरण नबुझाउनेको सूचीमा मृतक पनि !

२१ पुस, काठमाडौं । सम्पत्ति विवरण नबुझाएको भनी झन्डै दशक अघिदेखि मृत्यु भइसकेका निजामती कर्मचारीको नाम राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको छ । केन्द्रले धेरै अघि जागिर छाडेका र सरकारले बर्खास्त गरेका कर्मचारीहरुको नाम पनि सम्पत्ति विवरण नबुझाएको फेहरिस्तामा समावेश गरेको छ । त्यस्ता कर्मचारीहरुको नाम देखेपछि निजामती कर्मचारी चकित परेका छन् ।
केन्द्रले आर्थिक वर्ष २०६९/७० मा सम्पत्ति विवरण नबुझाएका राष्ट्रसेवक कर्मचारीको नाम पुस १३ गते सार्जजनिक गर्दै आफ्नो वेवसाइटमा राखेको छ । केन्द्रको विवरण अनुसार पुस १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयभित्र सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारीलाई जनही पाँच हजार रुपैयाँ जरिवाना गर्न निर्देशनसमेत दिइसकेको गोरखापत्रमा खबर छ ।
शिक्षा सेवाका वरिष्ठ प्रशिक्षक गिर्ह शर्मा पौडेलले आत्महत्या गर्नुभएको झण्डै एक दशक वित्न लागेको छ । आफ्नो पिताको आशौच बारिरहेकै समयमा उहाँले चितवनस्थित घरमा कपडाको पासो लगाई आत्महत्या गर्नुभएकोथियो ।
त्यस्तै सामान्य प्रशासन समूहका उपसचिव वेणिमाधव भट्टराई शिक्षा मन्त्रालयमा कार्यरत रहँदा एक व्यक्तिसँग चिकित्साशास्त्रको छात्रवृत्रिको परीक्षामा उत्तीर्ण गराई दिने भनी ४० लाख रुपैयाँ लिनुभएको थियो । रकम बुझाउने विद्यार्थी परीक्षामा अनुत्तीर्ण भएपछि उनले घुस लिएको तथ्य सार्वजनिक गरिदिएपछि भट्टराई बेपत्ता हुनुभएको थियो । करिब तीन बर्षसम्म बेपत्ता हुनुभएपछि उहाँलाई डेढवर्षअघि सरकारले गोरखापत्रमा सूचना प्रकाशित गरी सेवाबाट हटाएको सूचना सार्वजनिक गरेको थियो ।
सम्पत्ति विवरण सवैभन्दा बढी नबुझाउने शिक्षा सेवाकै छन् । राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता कृष्णप्रसाद पौडेलले निजामती कितावखानाले उपलब्ध गराएको रेकर्डका आधारमा आफूले सम्पत्ति विवरण नबुझाउनेको नामावली सार्जजनिक गरेको तर्क गर्दै भन्नुभयो-’मृत्यु भएका, सेवाबाट हटाइएका, जागिर छाडेकाको नाम निजामती किताबखानाले अद्यावधिक गर्नुपथ्र्यो ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.