हराएको विमान खिदिमको जंगलमा दुर्घटनाग्रस्त

काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगमको ९ एन एबीबी टि्वनअटर जहाज अर्घाखाँचीको खिदिम जंगलमा दुर्घटना भएको पुष्टि भएको छ । विमानमा रहेका १८ जनाको अवस्था अज्ञात छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल टावर स्रोतले दिएको जानकारी अनुसार विमान आगलागी भएको अवस्थामा भेटिएको छ । उद्दारका लागि टोली जाँदैछ ।
सशस्त्र प्रहरी स्रोतले पनि पाल्पा, अर्घाखाची र गुल्मीको सीमामा पर्ने खिदिमको जंगलमा आगो लागेको देखिएको र विन्ध्यवासिनी गण चन्द्रौटा कपिलबस्तुबाट टोली खटिएको बताएको छ ।
सशस्त्र प्रहरी स्रोतका अनुसार पाल्पा, अर्घाखाँची र गुल्मीको सीमामा पर्ने खिदिमको जंगलमा आगो लागेको देखिएको छ र विन्ध्यवासिनी गण चन्द्रौटा कपिलबस्तुबाट टोली खटिएको छ ।
विमानमा चालक दलका ३ सदस्य र १५ जना यात्रु थिए । १५ यात्रु मध्ये एक बच्चा रहेका छन् । पोखरामा रिफ्युलिङ गरेर १२:४० मा उडेको विमानले अन्तिम पटक पोखरा टावरसँग १ बजेर ६ मिनेटमा सम्पर्क गरेको थियो । काठमाडौंसँग ६ मिनेट र भैरहवा टावरसँग २ बजेर १३ मिनेटमा सम्पर्क भएपनि कुराकानी हुन पाएको थिएन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.