जहाँ बाबुआमा नै कुमारी छोरीलाई सेक्स क्याम्पमा पठाउँछन्

हरेक समाजमा आ-आफ्नै परम्परा हुन्छन् । विज्ञान प्रविधिको यो जमानामा पनि हरेक समाजमा बस्नेहरुले आफ्नो परम्परा पालना भने गर्दै आएका छन् । परम्पराको नाममा कुसंस्कारहरुलाई समेत निरन्तरता दिइने गरेको छ ।
अफि्रकाको मलावीमा यस्तै कुसंस्कार छ, जहाँ आमाबाबुहरु आफ्नो छोरीहरुलाई सेक्स क्याम्पमा पठाउँछन् । १० वर्षको भएपछि छोरीलाई कमारित्व भंग गर्न भन्दै सेक्स क्याम्पमा पठाउने चलन छ ।
१० वर्षकी ग्रेसलाई आमाबाबुले गोल्डन भिलेजस्थित घर नजिकैको क्याम्पमा पढाएपछि यौन शिक्षा दिइयो । उनी क्याम्पमा आफ्नी हजुरआमासँग बसिन्, जहाँ एक सातासम्म उनलाई ठूलाको सम्मान गर्न र घरधन्दा गर्न सिकाइयो । साथै यौन सम्वन्ध राख्ने तरिकाबारे जानकारी दिइयो ।
क्याम्पमा पुगेका यूनाइटेड नेशन फाउन्डेसनका पत्रकारहरुको टोलीका अनुसार क्याम्पमा एक महिला किशोरीहरुलाई यौन क्रियाका लागि बढवा दिइरहेकी थिइन् । यति मात्र होइन, क्याम्पमा नृत्य र अन्य तौरतरिका अपनाएर पुरुषलाई खुसी पार्ने उपायसमेत सिकाइन्छ ।
गल्र्स इन्पावरमेन्ट नेटवर्कका सञ्चार सल्लाहकार न्वायसका अनुसार कहिले काँही छोरीका लागि बयस्क पुरुष लिएर आउँछन् । रातीको सयममा आउने त्यस्ता पुरुष को हुन भन्ने ती किशोरीलाई थाहा हुन्न तर, उनीहरुलाई दिइएको यौन शिक्षाअनुसार भुसतिघ्रेहरुलाई सन्तुष्ट पार्नुपर्छ ।
यौन शिक्षाको यो प्रकृयाको सुरुमै कतिपय किशोरीहरु आमा बन्ने अबस्थामा पुग्छन् । जुनबेला उनीहरुलाई मातृत्वबारे थाहै हुन्न । अन्य अफि्रकी मुलुकहरुजस्तै मलावी पनि एड्को प्रकोपबाट पिडीत छ । तर, यी किशोरीहरु असुरक्षित यौन सम्बन्ध राख्न बाध्य छन् ।
यही कारण पनि हुनसक्छ मलावी बाल बिबाहका लागि पनि दशौं नम्बरमा पर्छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.