प्रियंका सोध्छिन्, ‘पुरुषको गोप्य अंगको आकारले कस्तो असर गर्छ ?’

नायिका प्रियंका कार्कीका लागि पनि यो नयाँ अनुभव हुनसक्छ । दुई यूवक र दुई यूवतीलाई उनले खुलेरै केही प्रश्नहरुको जवाफ दिन आग्रह गरिन् । उनीहरुले पनि प्रियंकाको प्रश्नमा नलजाई जवाफ फर्काए । ‘लाइफ स्टाइल भीभासिटी’म्यागेजिनको नयाँ अंकमा प्रियंकाले यस्तै रोचक प्रश्नहरु सोधेकी छिन् ।
समाजमा खुलेरै कुरा गर्न नसकिने बिषयमा प्रियंकाले चार यूवायूवतीसँग प्रश्न तेर्श्राइन् । उनले महिला र पुरुषको गोप्य अंग र तिनको आकारले पार्ने प्रभावको बारेमा कुरा गरिन् । उनको पहिलो प्रश्नले पुरुषको लिङ्गको आकारले कुनै असर गर्छ या गर्दैन भन्ने उत्सुकता बोलेको छ ।
यस्तै उनले महिलाहरुलाई सोधिन्, ‘बक्षस्थलको आकारले उसको प्रसिद्धिमा कुनै असर गर्छ या गर्दैन ?’ यसमा सहभागी एक यूवतीले महिलाको बक्षस्थलको बिषयलाई लिएर पुरुषहरुले मजाक गर्ने गरेको तर्क गरेकी छिन् । उनले पुरुषले महिलालाई यस्तो बिषयमा सम्मान गर्नुपर्ने जवाफ फर्काएकी छिन् ।
प्रियंकाको अर्को प्रश्न छ, ‘आफ्नो गोप्य अंग ठूलो देखाउन पुरुषहरुले विभिन्न साधनहरु प्रयोग गरेका हुन्छन्, के तपाइले यस्तो देख्नु या सुन्नु भएको छ ?’ सहभागी पुरुषहरुले नेपालमा भन्दा पनि पश्चिमेली देशमा यस्तो घटना सुनेको जनाएका छन् ।’
अश्लिल चलचित्र हेरेर यस्ता सिनेमामा देखिने पात्रहरुले पनि यूवा यूवतीमा विभिन्न खालका छाप छोडेका हुन्छन् । प्रियंकाले प्रश्न सोधेकी छिन्, ‘यस्ता सिनेमाले गोप्य अंगको आकार बृद्धिको रुचीमा कस्तो असर पारेका हुन्छन् ?’ उनले सेक्सी शब्दको परिभाषा कोट्याउँदै गोप्य अंगको आकारले महिला र पुरुषलाई ‘सेक्सी’ भन्न मिल्छ या मिल्दैन भन्ने उत्सुकता पनि जनाएकी छिन् । यो स्तभ्ले यतिबेला बजारमा राम्रो चर्चा पाएको छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.