व्यवहार नसुधारेपछि मल्लिका आउट

आफ्नो नराम्रो व्यवहारका कारण बलिउडकी सेक्सी नायिका मल्लिका सेरावतलाई एक सिनेमाबाट हात धुनु परेको छ । फिल्मका निर्मातासँग मल्लिकाले रवैया देखाएपछि उनलाई अन्तरराष्ट्रिय प्रोजेक्टबाट बाहिर निकालिएको हो ।
अमेरिकी फिल्म कम्पनी बिबिया फिल्मस्ले निर्माण गर्न लागेको ‘अ लिटिल हैवेन इन मी’ नामक सिनेमाबाट मल्लिकाले हात धुनु परेको हो । यो सिनेमालाई भारतीय मुलका क्यानेडियन नागरिक केशव पनेरी निर्देशन गर्दैछन् । यो सिनेमामा मल्लिकालाई निर्देशकले नै चयन गरेका थिए ।
बलिउडमा मल्लिकाले सेक्सी दृश्य दिएर मात्र चर्चा कमाउने गरेकी छिन् । हालै मात्र प्रशारण भएको एक रियालिटी शोबाट पनि सेक्सी नायिकाले चर्चा पाउन सकिनन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.