ओबामा र दलाई लामाबीच भेट, चीन असन्तुष्ट

१० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामा र तिर्वासित जीवन बिताइरहेका तिब्बती अध्यात्मिक दलाई लामासँग भेटवार्ता गरेका छन् । चीनको चेतावनीलाई बेवास्ता गर्दै दलाई लामालाई भेटेका ओबामाले तिब्बतीहरुको मानवअधिकारको रक्षाका लागि आफ्नो समर्थन रहेको बताएका छन् ।
ओबामा र दलाई लामाबीचको भेटअघि चीनले भेटवार्ता रद्द गर्न माग गरेको थियो । यो भेटले चीन–अमेरिकाको सम्वन्धमा गम्भीर असर पर्ने चेतावनी दिएको छ ।
अमेरिकी अधिकारीहरुले ओबामाले व्हाइट हाउसको म्याप रुममा दलाई लामालाई निजी भेटघाटका रुपमा भेट गरेका हुन् ।
ओमाबाले आम रुपमा विदेशी नेताहरुसँग ओवल अफिसमा भेटवार्ता गर्छन । यस आधारमा म्याप रुममा भेट गर्ने निर्णय गर्नुको अर्थ थेरै प्राथमिकता नदिएको रुपमा हरिएको छ ।
राष्ट्रिय सुरक्षा काउन्सिलका प्रवक्ताका अनुसार ओबामाले दलाई लामालाई एक अन्तराष्ट्रिय स्तरका सम्मानित धार्मिक एवं सांस्कृतिक नेताका रुपमा भेटेका हुन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.