ट्राफिक नियम उल्लघंन गरेपछि सिन्धुपाल्चोकका सभासद कारबाहीमा

काठमाडौ, १० फागुन ।  संविधानसभा सभासद्ले सडक नियम उल्लङ्घन गरे बापत कारबाही भोगेका छन्।
सिन्धुपाल्चोकका सभासद् मोहनबहादुर बस्नेतले नो पार्किङ क्षेत्रमा गाडी रोकेपछि ट्राफिक प्रहरीले बिहीबार उनलाई कारबाही गरेको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ।
नयाँबानेश्वरस्थित एनसेल केन्द्रीय कार्यालय कृष्ण टावरको विपरित खुला सडकमा गाडी रोकेका बस्नेतसँग ट्राफिक प्रहरीले लाइसेन्स मागे।
बस्नेतले ‘ भाई एकै छिन हो, म सभासद् हुँ’ भने। तर ती ट्राफिकले टेरेनन्। ‘ ट्राफिक नियम सबैलाई लाग्छ, लाइसेन्स दिनुस्,’ उनले दोहोर्‍याए।
बस्नेतले लाइसेन्स दिएपछि ट्राफिकले एकहजार रुपैयाँको रसिद काटे र थमाए। रसिदमा आफ्नो थर श्रेष्ठ लेखेकोमा कड्किएका बस्नेत कारबाहीको सूचना महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रूममा पुग्यो।
तत्कालै महाशाखा प्रमुख डिआईजी केशव अधिकारीले ट्राफिक प्रहरी निरीक्षकलाई घटनास्थलमा जान निर्देशन दिए।
एउटै कसुरमा कारबाहीमा परेका अन्य १५/२० जना चालकले पनि ट्राफिक प्रहरीलाई र्‍याख्र्‍याख्ती परेका थिए।
भीडमा कराइरहेका बस्नेतले लाइसेन्स नबुझाइ धर पाएनन्। रसिद लिएर बस्नेत शुक्रबार महाशाखा गइ एक हजार रुपैयाँ जरिवाना तिरेर लाइसेन्स लिएर गएका थिए।‘
नियम सबैलाई लाग्छ, सानो ठूलो भनेर छुट हुँदैन,’ डिआइजी अधिकारीले भने।
सभासद् बस्नेतले भने अरूले पनि पार्किङ गरेको देखेर गाडी राखेको बताए। ‘म एकैछिन काममा थिएँ, बाहिर आउँदा रसिद थमाए,’ बस्नेतले भने।

0 comments

Write Down Your Responses

Powered by Blogger.