कतिबेला सुत्ने ? अब स्वीचले बताइदिन्छ


कतिबेला सुत्ने ? बेलायतका वैज्ञानिकहरुले यही कुरा थाहा पाउन एउटा स्वीच बनाएका छन् । मस्तिष्कमा जडान गरिने यो स्वीचले कतिबेला सुत्ने भन्ने बारेमा शरिरलाई जानकारी दिनेछ । अक्सफोर्ड विश्वविद्यालय, बेलायतका नशा विशेषज्ञहरुले यो स्वीच निर्माण गरेका हुन् । इन्सोम्निया र अनिद्रासम्बन्धी अन्य रोगहरुमा यो स्वीच लाभदायी हुने उनीहरुको दावी छ ।
डेली मेलमा प्रकाशित समाचार अनुसार, वैज्ञानिकहरुले यो स्वीचलाई ‘होमियोस्टाट’ को रुपमा व्याख्या गरेका छन् । यसको सहायताले मानसिक थकान, नशाको नियमित सञ्चालन र कतिबेला सुत्दा र उठ्दा पर्याप्त हुन्छ भन्ने बारेमा शरिरलाई जानकारी प्रवाह हुन्छ । शारीरिक श्रम ज्यादा गर्नेहरुलाई यो स्वीच उपयोगी हुने पनि बताइएको छ । अनुसन्धानमा सहभागी प्रोफेसर गेरो मिसेनबक भन्छन् ‘जब तपाईं निकै थाक्नु हुन्छ तब स्वीचले मस्तिष्कको नशा सक्रिय गराइ छिटो सुत्न सूचित गर्दछ ।’ वैज्ञानिकहरुले यो स्वीच झिंगामा प्रयोग गरी सफलता हासिल गरिसकेका छन् । उनीहरुले झिंगाले केही नशाको सक्रियता अभाव भएर अनिद्राको समस्या भोग्ने गरेको तथ्य फेला पारेका छन् । झिंगाको जस्तो अनिद्रा समस्या मानिसमा पनि हुने उनीहरुको विश्लेषण छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.