बेहुलीले विवाह मण्डपमै बच्चा जन्माइन्, दुलाहाले नवजात शिशु दाइजो लिएर गए

काठमाण्डौं, १० फागुन । भारतको मध्यप्रदेशको डिंडौरी जिल्लामा एउटी दुलहीले विवाह मण्डपमै बच्चा जन्माएकी छन् । तैपनि दुलाहा र जन्तीले खुसियालीका साथ बेहुली र दाइजोका रुपमा नवजात शिशु लिएर गएका छन् ।
डिंडौरी जिल्लाका मानसिंह जन्ती लिएर बुधबार अजवार गाउँ पुगेका थिए । जन्ती पुगेपछि वैवाहिक विधि चलिरहेको थियो। त्यति नै बेला बेहुलीलाई प्रसव पीडा सुरु भयो । यो अवस्था देखेर दुवै पक्ष स्तब्ध भए । मानसिंहका परिवार बेहुलीबिनै फर्कने तयारीमा जुटे । बेहुली पक्षले अनुनय विनय पनि गरे । तैपनि उनीहरु तयार भएनन् ।
बेहुली आमा बनेपछि बेहुलापक्ष फर्कने तयारीमा थियो। तर, बेहुला मानसिंहले त्यसो गर्न दिएनन्। मानसिंहले आफूलाई आफ्नी भावी श्रीमती गर्भवती भएको जानकारी रहेको बताए । उनले आफूहरुबीच एक वर्षअघिदेखि नै भेटघाट चलिरहेको बताए। बेहुलाको जिदका अगाडि जन्ती पनि झुक्न बाध्य भए । तैपनि विवाहको विधि एक दिनका लागि रोकियो। बिहीबार बाँकी विधि पूरा गरेर शुक्रबार रमाइलो माहोलमा बेहुली र नवजात शिशुका साथ मानसिंह घर फर्किए ।
मानसिंका काका छोटे लालका अनुसार दुवै पक्षको मन्जुरीमा बेहुलीले विवाह विधिमै बच्चा जन्माए पनि विवाह सम्पन्न भएको हो । सामान्यतः जनजातीय समुदायमा विवाह तय भएपछि युवायुवतीबीच भेटघाट हुने गर्दछ । यसलाई अन्यथा मानिँदैन । तर, यो पहिलो अवसर हो जब बेहुलीले विवाहको विधि चलिरहेकै बेला बच्चा जन्मइन्। विवाह विधि चलिरहेकै बेला बेहुलीले बच्चा जन्माए पनि बेहुला मानसिंहको इमान्दारिताका कारण एउटी युवतीको जीवन बर्बाद हुनबाट बचेकोमा सबै खुसी छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.