सुनील सेट्ठीलाई २० हजार जरिवाना

नयाँदिल्ली– बलिउड अभिनेता सुनील सेट्ठीविरुद्ध एक स्टन्टम्यानले दायर गरेको मुद्दामा स्थानीय एक अदालतले मानहानीको आरोपमा २० हजार भारतीय रुपैयाँ जरिवाना तोकेको छ। अदालतले बोलाएको बेला उनी उपस्थित भएका थिएनन्।

अभिनेता सेट्ठी र उनका वकिल विनित ढान्डाले पेसीबाट छुटका लागि दिएको निवेदन स्वीकार गर्दै अदालतले अभिनेतालाई २० हजार र उनका वकिललाई दुई हजार रुपैयाँ जरिवाना भर्न आदेश दिएको हो।
न्यायाधीश सावित्रीका अनुसार सुनुवाइको पछिल्लो तारिखमा दुवैले पेसीबाट छुटको निवेदन दिएका थिए। ‘आरोपितलाई छुट दिने कुनै आधार छैन। तर आरोपितहरूको सामाजिक हैसियतलाई हेरेर यो सुविधा दिनु न्यायकै पक्षमा हुनेछ,' आदेशमा भनिएको छ, ‘यसको बदलामा अघिल्लो सुनुवाइका दिन सुनील सेट्ठीले २० हजार र विनिता ढान्डाले दुई हजार रुपैयाँ जरिवाना जम्मा गराउनुपर्नेछ।'
दिल्लीका स्टन्टम्यान पुरन चौहानले अक्टोबर २०१३ मा अभिनेता सेट्ठी, उनको प्रोडक्सन हाउस पप कर्न इन्टरटेनमेन्ट र वकिल ढान्डाविरुद्ध करिब एक करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै मुद्दा दायर गरेका थिए।

0 comments

Write Down Your Responses

Powered by Blogger.