लुगा लगाएकी युवतीलाई नाङ्गै देखाउने ‘एप्स’ प्रतिबन्धित

कपडा लगाएकी युवतीलाई नाङ्गै देखाउने मोबाइल एप्सको बिज्ञापनमाथि बेलायतमा प्रतिबन्ध लगाइएको छ ।
बीबीसीका अनुसार ‘न्यूड स्क्यानर’ नाम उक्त एपले महिलालाई नाङगै देखाएको भन्दै दर्शकले बिरोध जनाएपछि उक्त बिज्ञापनमाथि प्रतिबन्ध लगाइएको हो ।
च्यानल-४ मा प्रसारण हुने कार्यक्रम होलिवक्सको ६ वटा एपिसोडमा उक्त बिज्ञापन देखाइएको थियो ।
दर्शकको उजुरीपछि बेलायतको बिज्ञापन जाँच आयोगले सो बिज्ञापनलाई अश्लिल भन्दै प्रतिबन्ध लगाएको हो ।
अहिले गुगल प्ले स्टोरमा यस्ता धेरै मोबाइल एप्लिकेसन पाइन्छन्, जसबाट कुनै पनि लुगा लगाएको मानिसलाई नाङ्गै देखाउँछ । यस्ता एपमा पहिले नै सेट गरिएका तस्वीरमार्फत् नाङ्गो देखाइन्छ ।

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.