प्लेनमा साहरुख चढेपछि हंगामा


मलेसियामा कन्सर्ट सकेर र्फकने क्रममा नायक साहरुख खानको बिषयलाई लिएर उनी चढेको जहाजमा हंगामा भएको छ । बलिउडमा मात्र नभई विश्वमै चर्चित साहरुख खान जहाजमा रहेको खबर पाइलटले दिएपछि अन्य यात्रुहरुमा उत्साह थपिएको थियो । साहरुख जहाजमा रहेको थाहा पाएलगतै अन्य यात्रुहरु उनको नाम लिएर चिच्याउँन थालेका थिए । धेरैले साहरुखलाई भेट्ने ईच्छा व्यक्त गरे । साहरुखलाई भेट्ने ईच्छा व्यक्त गर्दै यात्रुहरु कराउन थालेपछि जहाज भित्रको वातावरण असन्तुलित बनेको थियो । उनीहरुले साहरुखको नाम लिदै ववाल मच्चाएका थिए । जसका कारण जहाज भित्र रहेका केही यात्रुहरुलाई चोट पनि लागेको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.